Breaking Newshighlightचितवन बिशेषचितवन- विशेषप्रदेश ३

अनेरास्ववियुका केन्द्रिय सदस्य सरोज ध्वज भण्डारीमाथि अज्ञात समूहकाे आक्रमण

२५ साउन , चितवन ।  अनेरास्ववियूका केन्द्रिय सदस्य तथा “क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ”का संयोजक सरोज ध्वज भण्डारीमाथि सांघातिक आक्रमण भएको छ । आइतबार राती ७ : ४५ बजेको समयमा रत्ननगर नगरपालिका  वडा नम्बर ३ शान्तिचोकमा खुकुरी र रड सहित आएको ६/७ जनाको अज्ञात समूहले ज्यान मार्ने उदेश्य सहित आक्रमण गरेका हुन् । प्रतिरोध गर्दै भागेर उनले ज्यान बचाएका हुन् । रडले उनको शरिरमा चोट समेत लागेको छ ।
अहिले आक्रमण गर्ने समूहको खोजी कार्य भइरहेको उनले बताए ।

“क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” अभियानलाई असफल बनाउने उदेश्यले आफुमाथि आक्रमण गरेको हुन सक्ने आंशका उनले गरेका छन् ।

“क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” अभियानसंगै चर्चामा आएका भण्डारीले राष्ट्रियताको पक्षमा वकालत गर्दै आएका छन् । पछिल्लो समयमा उनले एमसीसीको चर्को विरोध गर्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close