Breaking Newshighlightप्रदेश ४

बागलुङमा पहिरोले तीन घर पुर्‍यो, एक वृद्धाको मृत्यु

बाग्लुङ । जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुर्दा एक वृद्धाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको छ ।

लक्ष्मीको ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । उनलाई स्थानीयवासीले उद्धार गरेका थिए ।

बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिरोले टुनीवोटका तीन घरमा क्षति पुर्याएको प्रहरी चौकी कुश्मीशेराले जनाएको छ । भने प्रहरीको टोली घटनास्थलमा तर्फ गएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close