Breaking Newshighlightचितवन बिशेषचितवन- विशेषसमाजस्वास्थ्य

रत्ननगरको झुवानीमा ५६ जनाले गरे रक्तदान

चितवन । कोरोना सङ्क्रमणका कारण देशभर बढ्दो रगत अभाव भइरहेका बेला रत्ननगरको झुवानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्वर ५ झुवानीमा स्थापना गरिएको विशेष विपद व्यवस्थापन राहत कोषको आयोजन तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको सहआयोजना र आमा समूह कांग्रेस चोकको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा ७ महिला सहित ५६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीका सभापति सुवास विडारीले जानकारी दिनुभयो ।

पछिल्लो समय चितवन लगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ ।

लकडाउनको बेला हुन सक्ने रगतको अभावलाई मध्यनजर गरी स्थानिय विभिन्न संघसंस्थाको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको रत्नननगर नगरपालिका वडा नम्वर ५का वडाध्यक्ष तथा विशेष विपद व्यवस्थापन राहत कोषका संयोजक कृष्ण महतोले वताए । वडाध्यक्ष महतोको अध्यक्ष्तामा कार्यक्रम सम्पन्न भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close