Breaking Newshighlightचितवन बिशेषचितवन- विशेषसमाज

६० दिने अभियान : आर्थिक बिपन्नताका कारण खाद्यान्न किन्न नसकेका परिवारलाई खाद्यान्न सामाग्री सहयोग

चितवन । चितवनका युबा सामाजिक अभियन्ताहरुले संचालन गरेको ६० दिने “क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ” अभियान अन्तर्गत ५९ औं दिन आज रत्ननगर नगरपालिका वडा नम्बर ३मा रहेको नमुना टोलका वसोबास गर्ने आर्थिक बिपन्नताका कारण खाद्यान्न किन्न नसकेका केहि परिवारलाई मायाको चिनो स्वरुप कोसेली हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

उनीहरुलाई कोसेली स्वरुप खाद्यान्न सामाग्री सहयोग गरेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले जानकारी दिनु भएको छ । कोसेली हस्तान्तरण कार्यक्रममा स्थानिय समाजसेवी तथा अभियानका अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको संयोजक भण्डारीले वताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close