Breaking Newshighlightचितवन बिशेषचितवन- विशेषप्रदेश ३

दुर्घटनामा एकको मृत्यु, सात घाइते

चितवन । चितवनमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ह ४४७ नंको अटोरिक्सा र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना५०प ४५५० नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाउँपालिका–४ का ३५ वर्षीय जीतबहादुर रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए । मोटरसाइकल चालक सोही ठाउँका बेलबहादुर राना घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै अटो चालकसहित सवार अन्य छ जना पनि घाइते भएको शर्माले बताए । उनीहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close