Breaking Newshighlightचितवन बिशेषचितवन- विशेष

लक्षण बिना अस्पताल नआउनुस् : चितवन प्रशासन

चितवन : लक्षणविनाका संक्रमितहरुलाई संभव भएसम्म घरमै सुरक्षित बस्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै प्रशासनले संभव भएका संक्रमितहरुलाई घरमै बस्न र संभव नभएकाहरुलाई स्थानीय तहद्वारा स्थापित आईसोलेसनमा बस्न अनुरोध गरेको हो ।

प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी बिज्ञप्तीमा लक्षण देखिएका संक्रमितहरुलाई भने तत्काल अस्पतालमा जान अनुरोध गरिएको छ । अस्पताल जाँदा एम्बुलेन्स अथवा निजी सवारी साधनको प्रयोग गर्न प्रशासनको आग्रह छ ।

यस्तै संक्रमण देखिएका व्यक्तिहरुलाई जथाभावी हिँडडुल नगर्न र सार्वजनिक साधन प्रयोग नगर्न पनि सचेत गराइएको छ । पछिल्लो समय बिरामीहरुको गुनासो बढेकोतर्फ चासो दिँदै प्रशासनले सेवा लिन आएका बिरामीहरुलाई तत्काल भर्ना लिन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

आईसीयू, एचडीयू बेड खाली नभएको अवस्थामा अन्य अस्पताल पठाउनु पर्दा बेड खालि भएका अस्पतालसंग परामर्श गरेर पठाउन प्रशासनको आदेश छ ।

संक्रमितको उपचार भइरहेका स्थानहरुमा संक्रमण फैलिन सक्ने भएकाले कुरुवासंग बिरामीको प्रत्यक्ष भेटघाट गर्न नदिन अस्पताललाई सचेत गराइएको छ । बिरामीका कुरुवाहरुलाई जथाभावि हिँडडुलमा रोक लगाउनुपर्ने पनि विज्ञप्तीमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close