Breaking Newshighlightचितवन बिशेषचितवन- विशेषसमाज

“Help for needy people”अभियानको तेस्रो दिन राम बहादुर नेपालीलाई कोसेली स्वरुप खाद्य सामाग्री सहयोग

चितवन । चितवनका युबा सामाजिक अभियन्ताहरुले मंगलबार बाट“Help for needy people”नामक अभियान सञ्चालन गरेका छन ।

आज अभियानको तेस्रो दिन दम , सुगर र मेरुदन्डको गम्भीर समस्या भोगिरहेका राम बहादुर नेपालीलाई सहयोग स्वरुप कोसेलीको रुपमा खाद्यान्न सामाग्री सहयोग गरेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले जानकारी दिनु भएको छ ।

नेपालीको आर्थिक अवस्था एकदमै कमजोर भएको र विहान वेलुका खाना खान समेत समस्या भएको कारण उहाँलाइ सहयोग स्वरुप कोसेली हस्तान्तरण गरिएको संयोजक भण्डारीले वताए ।

कोसेली हस्तान्तरण कार्यक्रममा स्थानिय समाजसेवी तथा अभियानका अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको संयोजक भण्डारीले वताए । अभियान्ताहरुले यस अघि ६० दिने “क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ” अभियान समेत सञ्चालन गरेका थिए

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close