Breaking Newsचितवन बिशेषचितवन- विशेषराजनीति

निकुञ्जले जनताको माग सम्वोधन नगरे विद्रोह गछौं : राममणी खनाल

सौराहा । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति मृगकुञ्ज उपभोक्ता समितिको निर्वाचन तथा समूह पुनरगठन प्रक्रियामा असन्तुष्ट जनाउदै नेपाली काँग्रस, राष्ट्रिय प्रजातन्त्र पाटी तथा आदीवासी तथा जनजाती महासंघ रतननगरले चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टरलाई संयूक्त ध्यानाकर्षण पत्र बुझाएका छन ।

चितवन राष्ट्रिय निकुञ्जले नेपाली काँग्रस, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा आदीवासी तथा जनजाती महासंघ रतननगरको अनुरोधलाई बहिष्कार गरी कात्तिक २२ गते (शनिबार) निवार्चन घोषण गरेको भन्दै उनीहरुले विरोध गरेका छन् । भने समस्या समाधान वार्ताको माध्यामवाट गर्न र सहमति नभए सम्मका लागि निर्वाचन रोक्न समेत माग गरेका छन ।

केहि समय अघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधीले २३ वटा समूह नियम विपरीत गठन गरेको भन्दै मृगकुञ्ज उपभोक्ता समिति कार्यालयमा झडप नै भएको थियो । चितवन राष्ट्रिय निकुञ्जलाई २३ वटा समूहलाई विवाद रहित गर्ने र हाल बाहिर रहेको ५३ वटा समूह सहित समावेश गरी जानु पर्ने माग राख्दा पनि चितवन राष्ट्रिय निकुञ्जले पार्टीको अनुरोधलाई बहिष्कार गरीे निवार्चन घोषण गरेको र निर्वाचन प्रक्रिया अगाडी वढाएमा गम्भिर परिणाम सृजना हुने जाने नेपाली काँग्रसको प्रतिनिधी राममणी खनालद्धारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close