Breaking Newshighlightचितवन बिशेषचितवन- विशेषसमाज

युबा सामाजिक अभियन्ताहरु निर्माण गरेका तीन घर हस्तान्तरण सम्पन्न

रत्ननगर । चितवनका युबा सामाजिक अभियन्ताहरुले सुरु गरेको “Help For Needy People अभियानको Hundred Homes For Homeless People”नामक अभियान अन्तर्गत निर्माण गरिएका तिन घर हस्तान्तरण गरिएको छ ।

अभियान अन्तर्गत चितवनका विभिन्न क्षेत्रमा रहेका आफ्नो नाममा जग्गा जमिन समेत नरहेका विपन्न , अवास विहिनहरुको लागि १०० घर निर्माण गर्ने लक्ष्य लिएर अगाडी वढेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले वताए ।
यसै अभियान अन्तर्गत भरतपुर अस्पतालको गेट अगाडि गित गाएर गुजारा गर्ने दृष्टि विहिन इश्वर विकको निमित्त निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । यो घर निर्माणको सम्पुर्ण खर्च रत्ननगर नगरपालिकाका इन्जिनियर तथा समाजसेवी पंकज गिरीले सहयोग गर्नु भएको भण्डारीले वताए ।


त्यस्तै न्यून आर्थिक अवस्था भएका भुमिहिन केदार पुडासैनीको निमित्त निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । पुडासैनीको निमित्त निर्माण गरिएको घरसम्पुर्ण खर्च खैरहनी नगरपालिका वडा नं २ का जनप्रतिनिधी तथा समाजसेवी प्रदिप बस्नेतले सहयोग गर्नु भएको थियो । भने अर्का भुमिहिन मनबहादुर प्रजाको निमित्त निर्माण गरिएको घरको सम्पुर्ण खर्च कंकाली सामुदायिक वनका अध्यक्ष तथा समाजसेवी राममणी न्यौपानेले सहयोग गर्नु भएको अभियान्ता सरोज ध्वज भण्डारीले जानकारी दिनु भएको छ ।

अभियान्ताहरुले यस अघि ६० दिने “क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ” र “Help for needy people”नामक  अभियान समेत सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close