Breaking Newshighlightचितवन बिशेषचितवन- विशेषसमाज

युबा सामाजिक अभियन्ताहरु निर्माण गरेका घर हस्तान्तरण

रत्ननगर ।  चितवनका युबा सामाजिक अभियन्ताहरुले सुरु गरेको “Help For Needy People अभियानको Hundred Homes For Homeless People”नामक अभियान अन्तर्गत निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।

अभियान अन्तर्गत चितवनका विभिन्न क्षेत्रमा रहेका आफ्नो नाममा जग्गा जमिन समेत नरहेका विपन्न , अवास विहिनहरुको लागि १०० घर निर्माण गर्ने लक्ष्य लिएर अगाडी वढेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले वताए ।

यसै अभियान अन्तर्गत भरतपुर महानगरपालिका १७ , गोब्रेनीका स्वर्गीय समर बहादुर सेरचनको स्मृतिमा उहाँका छोराछोरी हरु सुभाष सेरचन , सुरज सेरचन , ज्योती सेरचन लगायतको टिमको आर्थिक सहयोगमा रेनुका नेपालीका लागि निमार्ण गरिएको घर हस्तान्तरण गरिएको छ ।

अभियान्ताहरुले यस अघि ६० दिने “क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ” र “Help for needy people”नामक  अभियान समेत सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close