Breaking Newshighlightचितवन बिशेषचितवन- विशेष

विरामीको मृत्युभएको भन्दै सिएमसीमा नारावाजी,अवस्था तनावग्रस्त

चितवन ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा विरामीको मृत्युभएपछि अवस्था तनावग्रस्त भएको छ । रत्न्नगर नगरपालिका वडा नम्बर ३ निवासी बर्ष ३१ को रोशन बिष्टको उपचारको क्रममा आज मृत्यु भएको हो ।

चिकित्सकको लापरबाहीको कारण विरामीको मृत्यु भएको भन्दै विरामीको आफन्तले अस्पतालमा नारावाजी गरिरहेका छन् । आक्रोशित आफन्तहरुले अस्पतालमा तोडफोड गर्न सक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको छ ।

यता अस्पताल प्रशासनले भने विरामीको मुटुमा समस्या आएकाले विरामीको मृत्यु भएको जनाएको छ । मल्टिपल कनेक्टिभ डिस्अर्डरको समस्या देखिएका बिष्टको उपचारको क्रममा मुटुमा जटिल समस्याले मृत्यु भएको अस्पतालका प्रमुख डा.हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close