Breaking Newshighlightचितवन बिशेषचितवन- विशेष

माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, रथ यात्रा सहित मूर्ति स्थापना गर्न र रामनवमी मेला आयोजना गर्ने विषयमा समेत छलफल भएको जनाएका छन ।

उनका अनुसार, आगामी बैशाख ९ गतेका दिन राम नवमीको दिन पारेर अयोध्यापुरीमा सो कार्य छिटै निर्माण गरिने बताए । मुख्यमन्त्री पौडेलले माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकाललाई यस बारेमा छिटोभन्दा छिटो अग्रसर हुन र सबैले देख्ने र महसुस गर्ने गरी योजना बनाउन अनुरोध गरे । मुख्यमन्त्री पौडेलको आग्रह पश्चात् माडी नगरपालिकाले रामनवमी पर्ब भब्यतापुर्बक मनाउने तयारी थालेको नगरपालिकाका प्रबक्ता शिबहरी सुबेदीले बताए । यस बारेमा आज सोमबार बिहान ८ बजे सर्बपक्षिय बैठक आह्वान गरिएको उनको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close