Breaking Newshighlightचितवन बिशेषचितवन- विशेषराजनीति

ओली सरकारलाई ठेगान लगाउने अन्तिम कसरतमा छौँ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार छिट्टै परिवर्तन हुने बताएका छन्। योङ कम्युनिस्ट लिग माडीले आयोजना गरेको नगरसभालाई सम्बोधन गर्दै प्रचण्डले ओली सरकारलाई ठेगान लगाउने आफूहरू अन्तिम कसरतमा लागेको बताएका हुन्। कार्यक्रममा उनले आजै काठमाडौं गएपछि अन्‍य दलहरूसँग पनि बसेर राजनीतिक निर्णय हुन सक्ने संकेतसमेत गरे।

‘प्रचण्ड’ ले केही दिनमै नयाँ सरकार गठन हुने दावी गरेका छन् । प्रचण्डले भने, ‘केन्द्रमा नयाँ कायापलट हुँदैछ । अब धेरै दिन सरकार टिक्ने छैन । कर्णालीमा देखिहाल्नुभो । केही दिनभित्रै नयाँ समाचार सुन्नुहुनेछ ।’

नयाँ सरकार आएपछि नयाँ युगको शुरूआत हुने प्रचण्डकको भनाइ थियो । हिजो असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उभिएका सबै राजनीतिक दलहरू मिलेर जनपक्षीय सरकारमा जान जरुरी रहेको उनले औंल्याए ।

गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको भन्दै दाहालले भने, ‘७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्तिहरू इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन् ।’

निरकुंश तत्वका विरुद्धमा जनताहरु एक हुँदै गएको भन्दै उनले भने, ‘अलोकतान्त्रिक ठेगान लगाउने अन्तिम कसरतमा छौँ। आज अब काठमाडौ गएपछि विभिन्न दलहरूसँग छलफल गर्छौँ केही दिनभित्रै केन्द्रमा कायापलट हुँदै छ।’

जनपक्षीय सरकार आएपछि नयाँ युगको सुरुवात हुने उनको दाबी थियो। हिजो अलोकतान्त्रिक कदम् विरुद्द सडकमा गएका दलहरूबीच सहकार्य हुने पनि उनले बताए।

नयाँ सरकार गठन भएपछि माडीको विकास, सुकुम्बासी समस्या समाधान र बाँकी रहेका आयोजनाहरुले युद्दस्तरमा गति लिनेमा पनि उनले विश्वास दिलाए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close