Breaking Newshighlightचितवन बिशेषचितवन- विशेषराजनीति

माडीबासीहरुको समस्या सम्बोधन गर्नका लागि जस्तो सुकै संघर्ष गर्न पनि तयार छु : “प्रचण्ड”

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बिकासमा धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ।

आज माडीको बसन्तपुरमा आयोजित वाई।सि।एल। नेपालको माडी नगर भेला एवं जनसभालाई सम्बोधन गर्दै राष्ट्रिय निकुञ्ज ऐन २०२९ लाई संसोधन गर्नु आवश्यक भएकोमा जोड दिनुभयो ।

निकुञ्ज ऐन संसोधनका लागि प्रकिया सुरु भएको भए तापनि ठोस निष्कर्ष निकाल्न नसकिएको उल्लेख गर्नुभयो । माडीको बिकासको बिषयमा आफु चिन्तित भएको भए तापनि प्रधानमन्त्रीले असहयोग गरेको दुखेसो पोख्नुभयो ।

उहाँले आफू निकुञ्ज र माडीबासीको समस्या सम्बोधन गर्नका लागि जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको बताउंदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले गरेको प्रतिबद्दता भुलेको आरोप लगाउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close