अर्थ बजार

आइएमइको दशै अफर,, आठ गूणासम्म फाइदा

नेपाली डिजिटल वालेटहरूमध्य पछिल्लोसमयमा बिभिन्न आकर्षक योजनाहरूले आइएमई पेका प्रयोगकर्ताहरू बडीरहेका छन् । ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले रेमिट्यान्स कम्पनी आइएमइले दशै अफर ल्याएको छ। कम्पनीले डबलको डबलको डबल अफर सार्वजनिक गरेको हो। भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म लागू हुने अफरमा विभिन्न लाभको अवसर पाउने कम्पनीले जानकारी दिएको छ।
हरेक दिन आइएमई पे मार्फत् पैसा पठाउनेले आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई जनाले पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जनाले पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एकजनाले पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप पाउनसक्नेछन्।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढ्ने विश्वास व्यक्त गरे।

Related Articles

Close