समाज

अक्षय प्रेमको विशिष्ठ पर्व – तीज

कवितान्जली मिश्र – आज हरितालिका तीज पर्व।निर्मल भक्तिभावले गरिएको प्रेमअक्षय हुन्छ भन्ने सन्देश प्रवाह गरेको छ विशिष्ट सस्कृतिको पर्व तीजले। शिव र पार्वतीको एकात्म अर्थात् अध्दैत स्वरूप(अर्धनारेश्वर) शिव र शक्तिको स्वरूप भएकोले पूर्णत्वको प्राप्तिकालागि गरिने प्रेम त्याग र समर्पण र निष्ठा सहितको शिवआरधानाले शिव प्राप्ति हुने विश्वास गरिन्छ।प्रेम उपासनाले नै प्रेमको अनुभूति हुन्छ।प्रेममा -प्रेम उपासकलेआफ्नो भाव, इन्द्रिय वा मनका वृति द्वारा पठाउदा सन्देशको प्रवाह भै भावको तिव्रताको कारण प्रेमी समक्ष पुग्छ।भावको तीव्रता, निर्मल , प्रेमवृत्तिले गर्दा भावानुसार फल मिल्छ। । त्यसको फल जन्मान्तरमा सम्म पनि हुन्छ भन्ने उदाहरण हो- शीव पार्वतीको मिलन।

प्रेम र अध्यात्मको विशिष्ट यस पर्व- प्रेम प्रप्ति र शिव संग सामिप्यता गराउने सेतु बनेको छ। शिव समर्पणमै शिव प्राप्ति हुन्छ।प्रेमाभावले गरिने त्याग र समर्पणले असभवलाई पनि संभव वनाउदछ।प्रेममा गरिने त्यागमा अक्षय फल हुन्छ ।कसैले पनि क्षय गर्न सक्दैनन् ।तिजको दिन को निराहार ब्रतको प्रभावको कारणस्वरूप अक्षय तृतियाको दिन शिव र पार्वतीको विवाह भएको थियो। शिव र पार्वतीको मिलन जस्तै प्रेम सम्बन्ध अक्षय र सुमधुर बनाउन तिजको ब्रत प्रेम मिलनको सेतु बन्न सक्ने विश्वास गरिन्छ।

श्रध्दा त्याग समर्पण र निष्ठा सहितकाको आराधना नै प्रेम हो र शिव नै प्रेमका प्रतिक हुन् भन्ने सन्देश प्रवाह गरेको छ तिज को ब्रत ले। सहअस्तित्वका प्रतिक आराध्यदेव अर्धनारेश्वर “शिव” प्रप्तिको मार्ग को रूपमा रहेको “अध्यात्म मार्ग ” ले पर्व पति पत्नी वा प्रेमीहरू बीचको मिलन विन्दू मात्र नभएर शिव संगको साक्षात्कार सत् चित् आनन्द सचितानन्दस्वरूप को दर्शन पनि हो।

सभ्यताको सर्वप्राचीनकाल देखि नै तीज पर्वको रूपमा मनाउनै आएको यस शिव संस्कृतिको विशिष्ट अर्थ राख्ने तीज पर्व सबै सनातनीय माझ श्रध्दा र साझा आस्थाको रूपमा रहिआएको छ। शिव को देशमा शिव संस्कृतिको यस विशिष्ट पर्व सबै नेपाली नेपाली बिच कल्याणकारी,सुमधुर र शुभमय होस् सबै सनातनीहरूमा प्रेममय श्रद्धाका शुभ-कामना!

Related Articles

Close