अर्थ बजार

पेट्रोलियम पाइपलाइनको काठमाण्डौ र दिल्लीबाटै उद्घाटन

नेपाल र भारतका प्रधानमन्त्रीले आज इलेक्ट्रोनिक स्विच थिचेर पेट्रोलियम पाइप लाइनको समुद्घाटन गरेका छन् ।
दक्षिण एसियाकै पहिलो क्रस बोर्डरका रुपमा रहेको अमलेखगन्ज मोतीहारी पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गर्नुभएको हो । भिडियो कन्फरेन्सिङमार्फत संयुक्त रुपमा गरिएको उक्त उद्घाटनसंगै भारतबाट पाइपलाइनमार्फत डिजेल आउन सुरु भएको छ ।
२०७२ सालमा भएको सम्झौताअनुसार भारतले ७० किलोमिटर लामो पाइपलाइन बिच्छाइदिएको हो ।
२०७२ सालमा नेपाल र भारतबिच नेपालमा पेट्रोलियम पाइपलाइनमार्फत् पेट्रोलियम पदार्थ ल्याइने र त्यसका लागी सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भएको थियो । यद्यपी अहिलेसम्म भारतले मात्रै २ अर्ब २५ करोड भारु खर्च गरेको छ । खर्च गरेको छ ।

Related Articles

Close