प्रदेश ४समाज

भिरबाट लडेर गुल्मीमा दुई जनाको मृत्यु

गुल्मीमा भिरबाट लडेर दुई जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउने दुबै जनाहरू छुट्टाछुट्टै घटनामा परेका थिए।
जिल्लाको मुसिकोट नगरपालिका –१ को थाममा ४३ वर्षीय वीरहादुर केसी र मदाने गाउँपालिका–५ मलागिरीका नरे सार्कीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।
सोमबार बेलुका घरबाट पसलमा सामान किन्न गएका विर वहादुर राती अवेरसम्म पनि घर नफर्केपछि घर परिवारले खोज्दै जाने क्रममा उनलाई मंगलबार बिहान भिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 
त्यस्तै, घाँस काट्न गएको बेला भिरबाट लडेर नरे सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

Related Articles

Close