थप

मृत्युलाई आफ्नो बनाउन जीवनलाई त्याग्नु पर्छ – प्रशान्त महासागर

जीवनका कुरा धेरै जसो मृत्युलाई थाहा हुन्छ । मृत्यु जीवनकै लागि हुन्छ । यसको अर्थ मृत्युलाई आफ्नो बनाउन जीवनलाई त्याग्नु पर्छ त्यो यथार्थता होईन् । यथार्थताकै कुरालाई शिरोपर गर्ने हो भने पुण्य सत्य हो तर बाँच्न सत्यले काम गर्नुपर्छ सोच्छन् कमैले मात्र जीवनमा । त्यसकारण जीवन, जीवन भईकन पनि मरेको कुनै सिनो झै दूर्गन्धित भएको वास्तविकता हामी सामु ऐनामा आकार झै स्पष्ट देख्न सकिन्छन् जुन मनन हुनुपर्छ कमैले फेरि सोच्ने गर्छन् । यो भनेको यथार्थता पनि कतै दुई प्रकारकै छन् कि… सोच्न हामी बाध्यतामा पर्छौं । यस्तो हुनुमा कुनै कमीले हामीभित्र जीवन पाउन चाहेको एक चाहना मात्र हो । जसको कारण हामी पापी भईकन पाप मुक्त हुनुपर्छ सिद्धान्त बुन्नु जस्ता अरु अन्य अनेक यथार्थता हुन् । सोझो अर्थमा आफु आफैद्घारा अपमान या भनौं श्रापित हुनु नै हो जस्को हेक्का नहुनु एक प्रकारको जीवन जिउनु पनि हो । यो हामीले सहजै बिर्सि बाँचेका छौं । र त्यही बिर्सि बाँच्ने एक कलामै पाप पनि पुण्यको रुपमा प्रहसन गरि हसाउने कार्य सिद्धिमा तल्लिन छ । यो एक प्रकारको जीवन दोष हो जस्को स्मरण मृत्यु आउनु पूर्व सबैलाई हुन्छ नै यदि मनुष्य हुँ भन्ने घमण्डले ऊ विभूषित छ भने, होईन् खोल मात्र मनुष्य ओढेर व्यवहार पशुकै आचरण प्रस्तुतिलाई महानताको रुपमा प्रदर्शित गरि रहन्छन् भने त्यो जीव कहिल्यै मनुष्यको रुपमा बया गर्न लायकको हुनेछैन् । उसलाई जीवन र मृत्युसँगको आवरण सुख के हो थाहा हुनेछैन् । ऊ सदा मृत्युसँग भाग्दै मर्नेछ । उसलाई मृत्यु आएको ज्ञात पनि कहिल्यै हुनेछैन् । मर्न किन जरुरी छ त्यसको प्रकृति नियम प्रेमको अर्थ रहने छैन् । ऊ बाँच्न पनि मार्नै पर्छ सोचेर बाँच्छन् । उसमा एक प्रकार अहम् सदा चलमलाई रहन्छ जस्को कारण हरेक स्वार्थ उसको लागि जायज यथार्थता बनाई त्यसको चलखेललाई जीवन भन्दै मान्दै मृत्यु कारक प्रस्तुतिमा हुन्छ । यो मनुष्यले नगर्ने एक प्रकारको धर्म ज्ञान हो । मनुष्य जीव हुनु भनेकै त्यो धर्म ज्ञानको चमक फैलाउनु हो । त्यसमा सिमा क्षेत्र ठूलो सानो भन्ने हुन्न मात्र गर्ने गरि जाने सत्कर्म भन्दा अरु फरक पृष्ठको हुनेछैन् । र यो सृष्टि त्यसकै अधिनमा छ । हामी मनुष्य त्यसकै मात्र दास हुनुपर्छ । स्वतन्त्रताको खोजको शुरुवात पनि यहीबाट हुनुपर्छ । र त्यो एक प्रकारको मुक्ति हो जुन जीवनको हिस्सा पनि हो । हिस्सा, मृत्यु हुनुपर्छ शुद्ध चित्तको श्रापहीन कुरा हुनुपर्छ । यो मनुष्य जीवनले सहजै खोज्न रोज्न सकिने यथार्थता हुन् । अतः जीवन जिउनुको मुख्य सार त्यही खोज हो यो मनुष्यले कहिल्यै बिर्सिनु हुन्न । हुनसक्छ कमी धेरैमा धेरै कुराको, ज्ञानको, अवस्थाको, परिवेशको, आदि अरुको तर त्यो कमजोरी नै हो भन्ने सोच मनुष्यले बनाउनु हुन्न । जसलाई जीवन दोष पनि मान्न भन्न सकिन्छ त्यो त्याग जीवन हो मृत्यु शुद्धिको योग हो । र मनुष्यले कमाउनु पर्ने सम्पत्ति सुख त्यही हो जुन खुशीको रुपमा ग्रहण गर्ने हर्षोलास मनाउने उत्सव ठान्ने आदि अनेक फजुल कुराले वियोगसँगको जोडमा रुपान्तरित गर्न सक्छ । यो बडो होशियारीपूर्वक विचार मनन गर्नुपर्छ । यही कुरालाई जीवन भन्न बाँच्न सक्नु पर्छ । बाँच्दा आउने मृत्यु जीवनको पदवी हो । असल काम कदर मान्दै सुखी हुनु नै मृत्यु संगत जीवन जिउनु हो । यो मनुष्यको जन्मसिद्ध अधिकार हो । यो अधिकारबाट हामी कहिल्यै विमुख हुनुहुन्न । हुन त जीवन जिउँदा अनेक हक र अधिकार विभिन्न कुरासँग आवश्यक यथार्थता लाग्न सक्छ जुन पाप आफ्नो लागि पुण्य भनिए झै मात्र हुन् । अर्को धर्ममा वर्गीकृत सिद्धान्तहरु प्रतिपादन भए जस्तै मात्र हुन् । दोष जीवनमा लाग्नुको मुख्य सार पनि त्यही हो । मृत्यु दागदार हुनुको अर्थ पनि त्यही हो । त्यसैले सर्वप्रथम मनुष्य हौं भनी घमण्ड आफुमा जिवित छ भने जीवन मृत्यु वीचको यात्रामा हुने अनेक कार्यलाई शुद्ध र चोखो बनाऔं । पुण्य र पाप वीचको फरकलाई आफुमा उनेर बुनेर स्वार्थ छरेर खुशीलाई सुखको परिभाषामा रुपान्तरित गर्ने कार्य त्यागौं किनभने सुखी हुन मनुष्य खुशी छु भन्ने कार्य जोडमा मानौं विष पिएर पनि म रम्न सक्छु भन्ने जस्ता बयानहरु जीवनको निम्ति मृत्यु त्यो नहोस् । मेरो जीवन त्यस्ता मृत्यु खोजको लागि होईन् । मैले या भनौं मनुष्यले चाहने, बाँच्ने कुनै पनि प्रकारको, अवस्थाको जीवनमा त्यस्ता मृत्यु रोज्ने कार्यहरु गरेरै बाँच्नुपर्छ सिक, सोच एवम् बुद्धि हुनुपर्छ कहिल्यै लाग्दैन् । तर पनि कुनै कारण या भनौं स्वार्थ लोभ जस्मा मनुष्य कैद हुँदै गए त्यसमा मनुष्य होईन् त्यस्तै आकारका जीव मात्र फस्दै गएका हुन् भन्ने सोच संगत जीवनले सास फेर्नुपर्छ । यही मेरो सोच हो ।

प्रशान्त महासागर

Related Articles

Close