प्रदेश ४

औद्योगिक व्यापार मेला–२०७६ : कार्यसम्पादन तथा विषयगत उपसमितिहरु गठन

२० औं संस्करणको औद्योगिक व्यापार मेला यो वर्ष बुटवल देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरको उत्तरतर्फ आगामी पुसको ९ गतेदेखि २३ गतेसम्म हुँदैछ

आगामी पुसमा बुटवलमा हुने ‘औद्योगिक व्यापार मेलाका लागि कार्यसम्पादन समिति तथा उपसमितिहरु चयन गठन भएका छन् । मेला आयोजक बुटवल उद्योग बाणीज्य संघको कार्यसमिति बैठकले उपसमिति गठन गरेको हो ।

मेला गर्नका लागि संघका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा कार्यसम्पादन समिति यस अंगाडी नै गठन भएको थियो । बैठकले निवर्तमान अध्यक्ष महेशमान सिंहको संयोजकत्वमा मुल्यांकन व्यबस्थापन उपसमिति तथा वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुलाई कार्यसम्पादन समितिको सहसंयोजक तथा समन्वय र अनुगमनको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तैगरी उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठलाई कार्यसम्पादन समितिको उपसंयोजक एवं बैदेशिक स्टल सहभागिता, कृषि तथा स्थानीय निकाय संघसंस्था समन्वय समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याललाई कार्यसम्पादन समितिको उपसंयोजक तथा गुणस्तरीय एवं नविनतम स्टल सहभागिता, पर्यटन तथा सरकारी, गैरसरकारी सुरक्षा निकाय समन्वय समिति संयोजकको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ ।

महासचिव दिनेशप्रसाद श्रेष्ठलाई मेला प्रवद्र्धन एवं सचिवालय उपसमिति, कोषाध्यक्ष बिमलराज भट्टराईलाई आर्थिक व्यबस्थापन उसमिति र सचिव कमलप्रसाद पौडेललाई सौजन्य तथा समारोह व्यबस्थापन उपसमितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तैगरी बैठकले कार्यसमिति सदस्यहरुलाई पनि विभिन्न जिम्मेवारीहरु प्रदान गरेको छ । संघका पूर्वअध्यक्षहरुलाई विषयगत उपसमितिको सल्लाकार तोकिएको छ । २० औं संस्करणको औद्योगिक व्यापार मेला यो वर्ष बुटवल देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरको उत्तरतर्फ आगामी पुसको ९ गतेदेखि २३ गतेसम्म हुँदैछ ।

Related Articles

Close