अन्तरराष्ट्रिय

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

पाकिस्तान : पाकिस्तानका पूर्व राष्ट्रपति पर्वेज मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ । विशेष अदालतको तीन–सदस्यीय इजलासले पूर्व सैन्यशासक पर्वेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको फैसला सुनाएको हो ।

पेशावर उच्चअदालतका प्रधानन्यायधिस वकर अहमद सेठको नेतृत्वको इजलाशले आज उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । सन् २००७ मा संविधान निलम्बित गरेको भन्दै देशद्रोहको मुद्दामा अदालतले फैसला सुनाएको हो ।

पाकिस्तानको इतिहासकै पहिलोपटक पूर्व सरकार प्रमुखलाई मृत्युदण्डको फैसला सुनाइएको छ । तत्कालिन सैन्यप्रमुख तथा राष्ट्रपति मुसर्रफ सन २०१६ देखि युएईको दुबईमा बस्दै आएका छन् । मुसर्रफले सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा सत्ता आफ्नो हातमा लिएर नेतृत्व गरेका थिए ।

Related Articles

Close