Breaking Newsअर्थ बजार

सात प्रदेशको कुल बजेट , २ खर्ब ६४ अर्ब

कुन प्रदेशमा कति बजेट सूची सहित

१ असार, काठमाडौं । सातवटै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याएका छन् । सबै प्रदेश सरकारले ल्याएको बजेटको योगफल २ खर्ब ६४ अर्ब २० करोड ५४ लाख छ । चालु आर्थिक वर्षमा सात प्रदेशमा २ खर्ब ५९ अर्ब ६० करोडको बजेट आएको थियो ।

प्रदेशहरुको बजेटहरुको हिसाव गर्दा कुल १ खर्ब १३ अर्ब ४४ करोड ५१ लाख चालुतर्फ विनियोजन भएको छ । १ खर्ब ३९ अर्ब ४८ करोड २७ लाख अर्ब विकास बजेटको हिस्सा रहेको छ ।

वित्तीय हस्तान्तरण र वित्तीय व्यवस्था लगायतका लागि ११ अर्ब २७ करोड ७६ लाख विनियोजन भएको छ ।

प्रदेशहरुले आफ्नो मुख्य स्रोत संघ सरकारबाट प्राप्त हुने सर्शत, समपुरक विशेष र वित्तीय समानीकरण लगायतको वित्त हस्तान्तरण अनुदान र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमलाई बनाएका छन् ।

प्रदेशहरुले राजस्व परिचालनबाट पनि चालु आर्थिक वर्षकै हाराहारीमा असुलीको लक्ष्य राखेका छन् ।

आगामी वर्षका लागि प्रदेश ३ ले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ भने कर्णाली सरकारले सबैभन्दा सानो । प्रदेशहरुले बजेटमा अपुग हुने रकम संघ सरकार र विदेशी दाताबाट लिने नीति लिएका छन् ।

बागमती र सुदुरपश्चिम सरकारले बजेटको आकार चालु आर्थिक वर्षको भन्दा सामान्य रुपमा बढाएका छन् भने अन्य प्रदेशको बजेट सामान्य घटेको छ ।

अधिकांश प्रदेशहरुले कोभिड–१९ को नियन्त्रण, रोकथाम र प्रभाव न्युनीकरणमा खर्चने भएका छन् । कृषि, रोजगारी र सिप प्रवद्र्धनमा पनि जोड दिइएको छ ।

प्रदेश एक : ४० अर्ब ८९ करोड

प्रदेश दुई : ३८ अर्ब ७२ करोड

बागमती प्रदेश : ४७ अर्ब ६० करोड

गण्डकी प्रदेश : ३२ अर्ब १३ करोड

प्रदेश ५ बजेट : ३६ अर्ब ४१ करोड

कर्णाली प्रदेश : ३३ अर्ब ७४ करोड

सुदुरपश्चिम प्रदेश : २८ अर्ब १६ करोड

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close