Breaking Newsअर्थ बजार

काठमाडौं महानगरपालिकाको बजेट १६ अर्ब ४२ करोड

१० असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बुधबार नगरसभाको सातौँ अधिवेशनमा बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमा सबैभन्दा धेरै पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट बिनियोजन भएको  छ । यो कुल बजेटको ५१.३४ प्रतिशत हो ।

सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट बिनियोजन गरेको छ । जुन कुल बजेटको १५. २२ प्रतिशत हो । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि एक अर्ब ७८ करोड २७ लाख ५० हजार विनियोजन गरेको छ । यो कुल बजेटको १०.८५ प्रतिशत हो ।

सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ९६ करोड ३० लाख र आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख बजेट रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close