Breaking Newshighlightअन्तरराष्ट्रिय

जुलाई ८ मा नेपाली लिन हिमालय एयरलाइन्स चीनको थेयनचिन जाँदै (उडान तालिका सहित)

१९ असार,काठमाडौँ । चीनको थेयनचिनमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज जुलाई ८मा त्यसतर्फ जाने भएको छ । कोभिड–१९ का कारण चीनको थेयनचिनमा रहेका नेपालीहरुलाई ल्याउन जुलाई ८मा काठमाडौंबाट जहाज उड्ने भएको हो । र, उक्त जहाजले जुलाई ९ मा थेयनचिनबाट नेपाली लिएर स्वदेश फर्कने छ ।

हिमालय एयरको एच९–७६०१ को जहाज जुलाई ८मा ११ः५० बजे काठमाडौंबाट उडी जुलाई ९ को बिहान ८ः५०मा थेयनचिन अवतरण गर्ने छ । सोही दिन चीनको ८ः५०मा नेपाली लिएर उडेको जहाज १२ः३० बजे काठमाडौं अवतरण गर्ने हिमालय एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले थेयनचिन देखि काठमाडौंसम्मको भाडादर भने ६ सय ९९ अमेरिकी डलर तोकेको छ । उक्त उडानमा नेपाल फर्कन चाहनेले टिकटको लागि बिहान १० बजेदेखि ५ बजेसम्म एयरलाइन्सले तोकेको स्थान र व्यक्तिलाई सम्पर्क गर्न सक्नेछन ।

विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ ।

यस्तो छ एयरलाइन्सको उडान तालिका 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close