मनोरन्जन

चलचित्र दानराजको शुभ साइत श्रावण १५ गते भद्रकाली मन्दिरमा हुने

७ साउन,काठमाडौँ । लामो समयको लक डाउनले अस्तव्यस्त नेपाली चलचित्र उद्योगलाई चलचित्र दानराजले शुभ साइत गर्ने मितिले केही तताएको छ।
डि. एस. डिजिटल सिनेमाको ब्यानरमा नेपाली कथानक चलचित्र दानराजको शुभ साइत आगामी यहि श्रावण १५ गते हुने छ। बिहान ११ बजे भद्रकाली मन्दिरमा शुभ साइत हुने चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी ‘घायल’ बताएका छन् ।

”जो कोहि पनि रहरले अपराधी बन्दैन, के कस्ता उतार चढाव हुन्छन् जिबनमा” भन्ने मुल विषयबस्तु रहेर चलचित्र निमार्ण हुने निर्माण पक्षको भनाई छ । चलचित्रमा श्री शत्रुघन अन्सारी निर्माता तथा कल्याण कार्की र चेतन घिमिरे सह निर्माता रहने बुझिएको छ ।चलचित्रका अन्य कलाकारहरुको जानकारी भने सोही कार्यक्रममा गराइने छ।

लक डाउनको सदुपयोग गर्दै चलचित्रका केही पोस्टरहरु मार्फत दर्शक प्रतिक्रियामा जुटेको चलचित्र दानराजको निर्माण पक्ष चाडै नै अधिकारीको भनाई छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close